खुल्याे राति साढे २ बजेदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक

फाइल तस्बिर
काठमाडाैं : पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेकाे छ।
दुईवटा डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ।
चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा गएराति साढे २ बजे पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएकाे थियाे।
सडक अवरुद्ध हुँदा मुग्लिन, रामनगर, जुगेडी र नारायणगढ क्षेत्रमा राेकिएका सवारी साधन चापमा गन्तव्यतर्फ लागेका छन्।
भदौ १५, २०७९ बुधबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।