धादिङमा स्कुटर र माइक्राेबस ठाेकिँदा स्कुटर चालककाे मृत्यु, पछाडि सवार घाइते

धादिङ : जिल्लाकाे गल्छी गाउँपालिका-७ बुद्धपार्कमा स्कुटर र माइक्रोबस ठोकिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
दुर्घटनामा स्कुटर चालक स्थानीय १८ वर्षीय सविन रिजाल र स्कुटरमा पछाडी सवार २२ वर्षीय अमृत तामाङ घाइते भएका थिए।
रिजालको उपचारको क्रममा अम्बिभरोसा अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएकाे प्रहरी चौकी, गल्छीले जानकारी दिएको छ। तामाङलाई भने थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडाैं पठाइएकाे छ।
हिजो साँझ सवा ६ बजे रिजालले चलाएको बागमती प्रदेश ०३ ०२ ०११ प ५३२७ नम्बरको स्कुटर र ग १ ख ३४३६ नम्बरकाे माइक्रो बस आपसमा ठोकिएको हो।
दुवै सवारी साधन र माइक्राे बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
भदौ १५, २०७९ बुधबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।