एसिया कप : पहिलो पटक टी–ट्वान्टीमा आमनेसामने हुँदै भारत र हङकङ

एसिया कप : पहिलो पटक टी–ट्वान्टीमा आमनेसामने हुँदै भारत र हङकङ

काठमाडौं : एसिया कपमा क्रिकेटको समूह ‘ए’ अन्तर्गत बुधबार भारत र हङकङ भिड्दैछन्।

साँझ पौने ८ बजे युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल दुई देशका राष्ट्रिय टोलीबीच हुने पहिलो टी–ट्वान्टी खेल हो। यसअघि यी दुई टीम टी–ट्वान्टीमा आमनेसामने भएका छैनन्।

एसिया कप अन्तर्गतन एकदिवसीय क्रिकेटमा भने यी दुई टीमबीच प्रतिस्पर्धा भएको थियो। सन् २००८ मा भएको एसिया कपमा २ सय ५६ रनले पराजित भएको हङकङ २०१८ मा २६ रनले चुकेको थियो।

समूह ‘ए’मा रहेको भारतले एसिया कपको पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। सामान्यत कमजोर मानिएको हङकङसँगको खेल जितेमा भारत सुपर ४ मा प्रवेश गर्नेछ।

हङकङको टीममा विशेषतः भारतीय र पाकिस्तानी मूलका छन्। यी दुई देशको प्रथम श्रेणीको क्रिकेटमा मौका नपाएकाहरू हङकङको टीमबाट खेल्नेछन्।

भदौ १५, २०७९ बुधबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।