टी-२० विश्वकपको ट्रफी दुई घण्टा भक्तपुर दरबार स्क्वायरमा राखिने

काठमाडाैं : आईसीसी टी-२० विश्वकपको ट्रफी बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक गरिने भएकाे छ।
सोमबार नेपाल ल्याइएको ट्रफी मंगलबार सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थरमा राखिएकाे थियाे। त्यसपछि ट्रफीलाई चन्द्रागिरि पनि पुर्याइएकाे थियाे।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो।
विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ।
अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।
भदौ १५, २०७९ बुधबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।