राति साढे २ बजेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण अवरुद्ध 

राति साढे २ बजेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण अवरुद्ध 
फाइल तस्बिर

काठमाडाैं : पहिराेका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण अवरुद्ध भएकाे छ।

चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा गएराति साढे २ बजे पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएकाे हाे।

सडक अवरुद्ध हुँदा सवारी साधन मुग्लिन, रामनगर, जुगेडी र नारायणगढ क्षेत्रमै राेकिएका छन्।

दुईवटा जेसीबी प्रयोग गरि पहिरो हटाउने काम भइरहेकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ।

भदौ १५, २०७९ बुधबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।