सत्ता गठबन्धनकाे सिट बाँडफाँट कार्यदलकाे बैठक आज पनि

काठमाडौं : सत्तारुढ गठबन्धनकाे सिट बाँडफाँट कार्यदकाे बैठक बुधबार पनि बस्ने भएकाे छ।
आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि गठबन्धनमा सामेल दलहरूले पाउने सिट टुङ्ग्याउनका लागि कार्यदलाकाे बैठक बस्न लागेकाे हाे। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
तीन साताअघि गठन भएकाे कार्यदलले लगातारजसाे छलफल गरे पनि निष्कर्षमा पुग्न सकेकाे छैन। सबै दलहरू आ-आफ्नै अडानमा कायम भएका कारण पनि निष्कर्षमा पुग्न समय लागेकाे हाे।
गठबन्धनका शीर्ष नेताहरूबीच २०७४ काे निर्वाचनकाे मतपरिणाम र गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनकाे मत परिणामलाई मापदण्ड मानेर सिट बाँडफाट गर्न कार्यदललाई निर्देश गरेकाे थियाे।
कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न नसकेकाे हाे। प्रतिनिधि सभामा जम्मा १ सय ६५ सिट हुन्छ।
भदौ १५, २०७९ बुधबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।