पाँच दलको तयारी : भदौ २० मा सिट टुङ्ग्याउने, २५ बाट चुनावी अभियान

काठमाडौँ : पाँच दलीय गठबन्धनले २० भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र बाँडफाँड टुङ्ग्याउने तयारी गरेको छ। कार्यदलले नसकेपछि गठबन्धनको शीर्ष तहमा बुधवारसम्म सिट सङ्ख्या र २० भदौसम्म निर्वाचन क्षेत्र टुङ्ग्याउने सहमति भएको हो।
सहमति अनुसार २५ भदौपछि चुनावी अभियान सुरु हुनेछ। बैठकमा २५ भदौभित्र सम्बन्धित पार्टीले उम्मेदवार टुङ्ग्याउने समझदारीसमेत भएको थियो।
प्रतिनिधिसभाको एक सय ६५ क्षेत्रमध्ये कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले दुई सिटमा दाबी गर्दै आएको छ।
कार्यदललाई मापदण्ड, आधार र सिट सङ्ख्या तोक्न जिम्मेवारी दिए पनि सफल हुन सकेको छैन। सिट बााँडफाँडको आधार के बनाउने भन्नेमै सहमति जुट्न सकेको छैन।
कांग्रेसले गत निर्वाचनको मत परिणामसँगै हाले सम्पन्न स्थानीय तहको मतलाई आधार बनाउन जोड दिइरहेको छ। अन्य दल।०७४ को परिणामलाई आधार बनाउने पक्षमा छन्।
भदौ १५, २०७९ बुधबार ०५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।