हानारो कपमा पाकिस्तानलाई ११-० ले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

हानारो कपमा पाकिस्तानलाई ११-० ले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

कोरिया :  कोरियामा भइरहेको हानारो कपमा नेपाली टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ। जीएमई कोरियाको आयोजनामा असान रङ्गशालामा भएको प्रतियोगितामा नेपालले पाकिस्तानलाई ११-० ले पराजित गरेको हो।

१६ देशका १६ टिमबिच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको थियो।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए।

प्रतियोगिताको अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलङ्काले कम्बोडियालाई २-१ र मङ्गोलियाले सी आई एस नेशन्सलाई ४-१ ले हराउँदै ग्रुप ए बाट दोस्रो चरणमा प्रवेश गरेका छन्।

कोरियामा जारी उक्त प्रतिस्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रङ्गशालामा हुँदैछ।

भदौ १५, २०७९ बुधबार ०५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।