एसिया कप :अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

एसिया कप :अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

काठमाडौं : एसिया कप अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ९ बल बाँकी छँदै तीन विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि नजिबुल्लाह जद्राले सर्वाधिक अविजित रहँदै सर्वाधिक ४३ रन बनाउँदा इब्राहिम जर्दानले ४२ र हज्रातुल्लाह जजइले २३ रन बनाए।

बलिङतर्फ सकिब अल हसन, मोहम्मद सैफुद्दिन र मोसाद्देक हुसैनले समान एक–एक विकेट लिए।

त्यसअघि युएईको शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो।

उसका लागि मोसाद्देक होसिनले अविजित ४८ रन बनाउँदा मोहमुल्लाहले २५, म्हेदी हसनले १४, अफिफ होसिनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहारो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ अफगानिस्तानका रसिद खान र मुजिब उर रहमानले समान तीन–तीन विकेट लिए।

जितसँगै अफगानिस्तान समूह ‘बी’को अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। यसअघि भएको पहिलो खेलमा उसले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो।

बंगलादेशको भने यो पहिलो खेल हो।

एसिया कप अन्तर्गत बुधबार भारत र हङकङ साँझ पौने ८ बजे भिड्दैछन्।

भदौ १४, २०७९ मंगलबार २३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।