एसिया कप : बंगलादेशले अफगानिस्तानलाई दियो १ सय २८ रनको लक्ष्य

एसिया कप : बंगलादेशले अफगानिस्तानलाई दियो १ सय २८ रनको लक्ष्य

काठमाडौं : एसिया कप अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई १ सय २८ रनको लक्ष्य दिएको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनायो।

उसका लागि मोसाद्देक होसिनले अविजित ४८ रन बनाउँदा मोहमुल्लाहले २५, म्हेदी हसनले १४, अफिफ होसिनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहारो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ अफगानिस्तानका रसिद खान र मुजिब उर रहमानले समान तीन–तीन विकेट लिए।

अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

समूह ‘बी’ अन्तर्गत यसअघि भएको पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो। बंगलादेशको यो पहिलो खेल हो।

भदौ १४, २०७९ मंगलबार २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।