नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी श्रृंखला

नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी श्रृंखला

काठमाडौं : केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी श्रृंखला नेपालले जितेको छ।

नैरवीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा पाँचौं तथा अन्तिम खेलमा ३१ रनले विजयी भएसँगै नेपालले श्रृंखला ३–२ ले जितेको हो।

नेपाली बलर हाबी भएको खेलमा १ सय ७६ रनको लक्ष्य केन्याले पछ्याउन सकेन। निर्धारित ओभरमा ७ विकेट गुमाएको केन्या १ सय ४४ रनमा सीमित बन्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो।

जसमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेल अर्धशतक बनाउन तीन रनले चुके। अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। 

भदौ १४, २०७९ मंगलबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।