राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा जाँदा कांग्रेस महाधिवेशन प्रतिनिधि राणालाई पार्टीले स्पष्टीकरण सोध्यो

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर पाँचले केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रणय शमशेर राणालाई स्पष्टीकरण सोधेको छ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवारको आकाङ्क्षी समेत रहेका उनलाई स्वतन्त्रको पार्टीको कार्यक्रममा गएर स्वतन्त्र उम्मेदवार घोषणा गरेको भन्दै कार्वाहीका लागी पत्र पठाइएको हो। पार्टीले खुल्लामञ्चमा आयोजना गरेको सभामा उनलाई युवा नेताको रुपमा अतिथी वक्ता राखिएको थियो।
राणाले आफूलाई कारबाहीको चिठी पछि आउँछ भनेर १२ गते बसेको उम्मेदवार छनौटको बैठकमा समेत सहभागी हुन नदिएको र केही नेताहरूले घोक्राएर निकाल भन्दै दुर्व्यवहार गरेको दाबी समेत गरेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ आफूले पार्टीबाटै क्षेत्र नम्बर पाँचबाट उम्मेदवार हुन आकाङ्क्षा सार्वजनिक गरे पनि आफू स्वतन्त्र पार्टीमा सहभागी नभएको र उनीहरूको कार्यक्रममा द्वन्द्व व्यवस्थापन विज्ञको रूपमा सहभागी भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनले पार्टीको नियमावली अनुसार महाधिवेशन प्रतिनिधिलाई स्पष्टीकरण सोध्नुपरे प्रदेश अन अनुशासन समितिले सोध्नुपर्ने भए पनि क्षेत्रले विधान विपरीत भदौ १२ गते बेलुका साढे १० बजे सामाजिक सञ्जालमार्फत पत्र पठाएर भोलिपल्ट बिहान ७ बजेभित्र स्पष्टीकरण दिन भनिएको भन्दै स्पष्टीकरणका लागि २४ घण्टा समय समेत नदिएको भन्दै उनले आफूमाथि नियोजित रूपमा कारबाहीको प्रयास भएको दाबी गरेका छन्।
भदौ १४, २०७९ मंगलबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।