तास र कुर्कुरे लगायत ६ वस्तुको आयात खुल्दा गाडी र मोटरसाइकलको असोज २८ सम्म रोकियो

काठमाडौँ : विदेशी मुद्रा सञ्चिती जोगाउन सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्धको समय बढाएर असोज २८ पुर्याएको छ।
विदेशी मुद्रा सञ्चिती घटेको भन्दै सरकारले वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशित गरेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। मङ्गलवार ६ वटा वस्तुको आयात खुल्ला गर्दै ४ वस्तुको आयातको समय भने लम्ब्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेजसँगै चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रङ्गिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात खुल्ला गरेको छ।
व्यवसायीहरूले गाडी र मोटरसाइकलको आयात खुलाउन दबाब दिए पनि सोमबार सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातको अवधि लम्ब्याउने निर्णय गरेको हो।
भदौ १४, २०७९ मंगलबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।