बंगलादेशसँगकाे मैत्रीपूर्ण फुटबलका लागि ३० जनामा झारियाे नेपाली टाेली, काे-काे परे ?

काठमाडाैं : नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगकाे मैत्रीपूर्ण खेलका बन्द प्रशिक्षणमा बाेलाएका १० खेलाडी हटाएका छन्।
मंगलबार हुमागाईंले प्रशिक्षणमा बाेलाएका ४० मध्ये १० खेलाडीलाई हटाउँदै टाेलीलाई ३० जनामा झारेका हुन्।
टाेलीबाट डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन्।
प्रशिक्षक हुमागाईले मिडफिल्डर पुजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङ तथा फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईंलाई पनि हटाएका छन्।
नेपालले असाेज ११ गते बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
यी हुन् हुमागाईंले छानेकाे ३० जना खेलाडी–
गोलकिपरः किरण चेम्जोङ, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, अरिक विष्ट, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई,अन्जन विष्ट
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ
भदौ १४, २०७९ मंगलबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।