केन्याविरुद्धकाे टि-२० सिरिजकाे अन्तिम खेलमा नेपालले दियाे १ सय ७६ रनकाे लक्ष्य

काठमाडौं : केन्याविरुद्धकाे टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मंगलबार भएकाे पाँचाैं तथा अन्तिम खेलमा नेपालले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
केन्याकाे नैरोबीस्थित जिमखाना क्लबमा टस जितेर ब्याटिङ राेजेकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेटकाे क्षतिमा १ सय ७५ बनाएकाे हाे।
उसका लागि ज्ञानेन्द्र मल्लले ५९ रन बनाउँदा राेहित पाैडेलले ४७ रन जाेडे। यस्तै अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
केन्या अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
\पाँच खेलकाे सिरिज २–२ को बराबरी अवस्थामा रहेकाले सिरिज कब्जा गर्न नेपाल यो खेल जित्नैपर्ने दबाबमा छ।
भदौ १४, २०७९ मंगलबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।