थप २५७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
३ हजार ९२१ जनामा परीक्षण गर्दा २५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मंगलबार २३२ जना संक्रमणमुक्त हुँदा देशभर ३ हजार १४६ जना सक्रिय संक्रमित छन्।
यसदिन ५० हजार ३५५ जनालाई काेराेनाविरुद्धकाे खाेप लगाउँदा संक्रमणकै कारण कसैको पनि मृत्यु भएकाे छैन।
भदौ १४, २०७९ मंगलबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।