शेयरमा सामान्य सुधार, अन्य समूहमा २.२९ प्रतिशतको बढोत्तरी

शेयरमा सामान्य सुधार, अन्य समूहमा २.२९ प्रतिशतको बढोत्तरी

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ।

मंगलबार नेप्से परिसूचक २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर ३८८.९३ विन्दुमा पुगेको छ।

सोमबारको तुलनामा कारोबार रमक पनि बढेको छ। मंगलबार २९ लाख १४ हजार ५ सय ५ कित्ता शेयर १ अर्ब १ करोड रूपैयाँमा कारोबार भएको छ।

यसदिन उपसूचक समूहतर्फ ७ समूहमा सामान्य बढोत्तरी अन्य ६ समूहमा सामान्य सिरावट आएका छन्। सबैभन्दा बढी अन्य समूहमा २.२९ प्रतिशतले बढेको छ।

यसदिन नेपाल टेलिकमको ९ करोडको कारोबार हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ६ करोडको कारोबार भयो।

भदौ १४, २०७९ मंगलबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।