नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख न्यूयाेर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट(यूएनसीओपीएस)मा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली साेमबार त्यसतर्फ प्रस्थान गरेकाे हाे।

सिंह र अर्यालकाे टाेलीमा प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा पनि छन्।

टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरे।

१५ देखि १७ भदौसम्म चल्ने सम्मेलनमा संयुक्त राष्ट्र संघको शान्ति सेना, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्र संघका प्राथमिकता लगायतका विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

भदौ १४, २०७९ मंगलबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।