पशुपतिमा भीड कम : दर्शनार्थी घटे कि व्यवस्थापन चुस्त

काठमाडौं : विगतका तुलनामा यो वर्ष पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम देखिएको छ।
गत वर्षहरूमा दर्शनार्थीकाे लाइन गाैशालासम्म आउने गरेकाे यसवर्ष मुख्य मन्दिरकाे वरपर मात्र भीड देखिएकाे हाे। बिहानदेखि साँझसम्म घण्टौ लाइन बस्नुपर्ने अवस्था यस पटक देखिएन। छोटो लाइनका कारण दर्शन गर्न सहज भएको दशनार्थीहरूले बताएका छन्।
उता पशुपति क्षेत्र विकास कोषले भने चुस्त व्यवस्थापनका कारण भीड कम देखिएकाे दाबी गरेकाे छ।
काेषका सदस्य सचिव डा. घनश्याम खतिवडाले भने- 'दर्शनार्थीहरू घटेकाे नभइ चुस्त व्यवस्थापन, स्वयंसेवकहरूकाे परिचालन र विहान ३ बजेदेखि चार वटै ढोका खुला गरेकाले दर्शनार्थीहरू छिटो फर्कन पाउँदा भीड कम देखिएकाे हाे।'
पशुपति क्षेत्र परिसरमा अहिले पनि दर्शनार्थीहरूले नाचगान गरिरहेका छन्। तस्वीर तथा भिडियाे खिच्ने र टिकटक बनाउनेकाे पनि उस्तै राैनक देखिन्छ।
भदौ १४, २०७९ मंगलबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।