रौतहटको एउटै गाउँमा चट्याङ लागेर तीन महिलाको मृत्यु

काठमाडौं: रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ। खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेको हो।
मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रूपेशकुमार सिंहले जानकारी दिए। सुदनिया र जगिया एउटै परिवारका हुन्।
चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छिन्।
यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणि जयसवालले घटनास्थल पुगेर पीडित परिवारलार्ई सहयोग गर्ने आश्वासन दिएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले जानकारी दिए।
भदौ १४, २०७९ मंगलबार १३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।