एसिया कपमा आज बङ्गलादेश र अफगानिस्तान भिड्दै, अफगान टोली सेमिफाइनल पुग्नसक्ने

एसिया कपमा आज बङ्गलादेश र अफगानिस्तान भिड्दै, अफगान टोली सेमिफाइनल पुग्नसक्ने

काठमाडौं: जारी एसिया कप प्रतियोगितामा आज तेस्रो खेल हुँदैछ। खेल बङ्गलादेश र अफगानिस्तानबीच हुँदैछ।

नेपाली समयअनुसार साँझ ७:४५ मा खेल हुँदैछ। जारी प्रतियोगितामा यो बङ्गलादेशको पहिलो खेल हो भने अफगानिस्तानले यसअघि उद्घाटन खेलमा श्रीलङ्कालाई हराइसकेको छ।

त्यसैले आजको खेल जितेमा अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ।

बङ्गलादेशको कप्तानी शाकिब अल हसनले गर्नेछन्। अफगानिस्तानलाई मोहम्मद नाबीले कप्तानी गर्नेछन्।

एसिया कपमा चौथो खेल भोलि भारत र हङकङबीच हुँदैछ।

भदौ १४, २०७९ मंगलबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।