रत्नपार्कमा राखियो विद्धुतिय गाडीको चार्जिङ स्टेसन

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा विद्धुतिय गाडीको चार्जिङ स्टेसन राखेको छ। प्राधिकरणले राखेको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले मङ्गलवार उद्घाटन गरेकी थिइन्।
प्राधिकरणले पहिलो चरणमा ५१ वटा चार्जिङ स्टेसन राख्दै छ। राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन राख्न प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको छ। त्यसैको प्रारम्भ गर्दै मन्त्री भुसालले मङ्गलवार पहिलो चार्जिङ स्टेसनको सुरुवात गरिन्।
प्राधिकरणले सुनसरी बसपार्क, लहान, बर्दिबास, सिन्धुलीमाडी, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, खुर्कोट, बनेपा, पथलैया, हेटौँडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही लगायतका स्थानमा चार्जिङ स्टेसन राख्दैछ।
काठमाडौँमा पुल्चोकमा रहेको साझा पम्प नजिक, बल्खुको साझा, सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्जिङ स्टेसन राख्दैछ।
भदौ १४, २०७९ मंगलबार १३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।