हेटौंडामा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, जीप चालक फरार

मकवानपुर: हेटौंडा उपमहानगरपालिका- १८ कठायत चोकमा गए राति जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका- १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना५च २९९ नम्बरको जीपले सडक छेउमा रोकिराखेको बा४४प ३८०२ नम्बरको मोटरसाइकललाई गए राति साढे ९ बजे ठक्कर दिएको हो।
फरार रहेका जीप चालकको खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरले जनाएको छ।
भदौ १४, २०७९ मंगलबार १२:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।