निर्वाचनमा घरदैलो गर्दा बढीमा २५ जना लैजान पाइने, १० वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने

निर्वाचनमा घरदैलो गर्दा बढीमा २५ जना लैजान पाइने, १० वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने

काठमाडौं: निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आचारसंहिता जारी गरेको छ। सोमबार नेपाल राजपत्रका प्रकाशित आचारसंहिताअनुसार अब चुनाव प्रचारको लागि घरदैलो गर्दा २५ जनाभन्दा बढी लैजान नपाइने भएको छ।

आचारसंहिताको परिच्छेद ४ मा रहेको 'राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण'को १३ नम्बर बुँदाको (ण)मा 'निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने' उल्लेख छ।

यस्तै सोही बुँदाको (न)मा 'दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा दश वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने' उल्लेख छ।

यस्तै बुँदा १३ को (भ)मा 'निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले सात दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने' उल्लेख छ।

यस्तो छ आचारसंहिताको पूर्णपाठ

भदौ १४, २०७९ मंगलबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।