मङ्गलबार तोलामा तीन सयले बढ्यो सुनको मूल्य, चाँदी स्थिर

मङ्गलबार तोलामा तीन सयले बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज तोलामा तीन सय रुपैयाँले मूल्यवृद्धि भएको हो।

यसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ३०० कायम भएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज तोलामा एक हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

भदौ १४, २०७९ मंगलबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।