सल्यानमा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चार जना घाइते

सल्यान: शारदा नगरपालिका- १० नयाँगाउँमा सोमबार बेलुका अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका- १ की ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेकी छिन्। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो।
घाइते भएका अटो चालकसहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। नयाँगाउँबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१ह २२१९ नम्बरको अटो हिजो बेलुकी साढे ७ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट खैराबाङ सल्यानले जनाएको छ।
भदौ १४, २०७९ मंगलबार ११:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।