ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ सय १६ चालक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ सय १६ चालक कारबाहीमा

काठमाडौं: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका अनुसार मापसे गरी सवारी चलाउने १७६ जना, लेन मिचेर सवारी चलाउने ११७ जना, रातो बत्तीको पालना नगर्ने २३० जनालाई कारबाही गरिएको हो। यस्तै हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३१२, नम्बर प्लेट नबुझिने तथा स्वरूप परिवर्तन गर्ने ६८ जना र अन्य विभिन्नमा दुई हजार २१३ जना चालकलाई कारबाही गरिएको हो। 

कार्यालयले ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन सबैलाई आह्वान समेत गरेको छ। 

भदौ १४, २०७९ मंगलबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।