नेपाल र केन्याबीच आज निर्णायक खेल: जसले खेल जित्यो, श्रृङ्खला कब्जा गर्यो

काठमाडौं: नेपाल र केन्याको राष्ट्रिय क्रिकेट टोलीबीच जारी टी ट्वेन्टी अन्तर्राष्ट्रियमा आज पाँचौँ तथा अन्तिम खेल हुँदैछ। आज दिउँसो नेपाली समयअनुसार ३:४५ बाट खेल सुरु हुनेछ।
आजको खेल यस श्रङ्खलाकै निर्णायक खेल हुनेछ। पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले २-२ जित हात पारेका छन्।
आजको खेल जसले जित्यो, श्रृङ्खला उसैले कब्जा गर्नेछ।
यसअघि हिजो भएको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको थियो। त्यसअघि पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रोमा केन्या १८ रनले विजयी भएको थियो। यस्तै तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो।
आजको खेलपछि नेपाल र केन्याबीच नै एकदिवसीय श्रृङ्खलाका खेलहरू पनि हुनेछन्। ५० ओभरमा खेल १७ गते, १८ गते र २० गते खेल्ने तालिका छ।
भदौ १४, २०७९ मंगलबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।