लेदोसहितको पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध

लेदोसहितको पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध
साङ्केतिक तस्बिर

काठमाडौं: जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सोमबारको वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो।

जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ। अन्य ठाउँमा भने स–साना पहिरो खसेको उनले बताए।

जिल्ला सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका बस तथा जीप जालेबगरकै पहिरोले रोकिएका छन्। अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको प्रनाउ भण्डारीले जानकारी दिए।

भदौ १४, २०७९ मंगलबार ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।