ज्ञानेश्वर–रातोपुल सडकमा ढलका लागि दोब्बर ठूला पाइप राखिँदै, डुवानको समस्या हट्ने

ज्ञानेश्वर–रातोपुल सडकमा ढलका लागि दोब्बर ठूला पाइप राखिँदै, डुवानको समस्या हट्ने

काठमाडौं ः सडक विभागले काठमाडौंको ज्ञानेश्व–रातोपुल सडकमा दोब्बर ठूला ढलका पाइप राख्न लागेको छ।

यसअघि राखिएका ढलका पाइप साँघुरो भएपछि वर्षातको समय मंगालबाट पानी बाहिर आएर डुब्ने तथा दुर्गन्ध फैलिने समस्या भएपछि विभागले ९० मिटर गोलाइ भएका ह्यूप पाइपहरू राख्न थालेको हो। यसअघि उक्त सडकमा ४५ मिटर गोलाइको ह्यूम पाइपको प्रयोग हुँदै आएको थियो।

विभागले खानेपानी विभाग, ढल महाशाखा, ट्राफिक विभाग, विद्युत् प्राधिकरण र स्थानियवासीसँगको समन्वयमा काम गरिरहेको जनाएको छ।

विभागले ढल विस्तार कार्यको लागि उमा इन्फ्रा कम्पनीसँग तीन करोडको ठेक्का सम्झौता गरेको परियोजनाका सुपरभाइजर एवं सब इन्जिनियर महेश महताले बताए। उनका अनुसार निर्माण सम्पन्न भएपछि मंगालबाट पानी बाहिर निस्कने समस्या हट्नेछ।

निर्मााण कपन्नीले पनि काम तीव्र रूपमा चलिरहेको भन्दै एक महिनामा काम सकिने जनाएको छ। आफूहरूले राति पनि काम गरिरहेकाले १ महिनाम सम्पूर्ण काम सक्ने निर्माण कम्पनीका प्रतिनिधि उमेश केसीले बताए।

भदौ १३, २०७९ सोमबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।