रिस थाम्न नसक्दा अदालतको मानहानिको मुद्दा खेप्दै बालेन
काठमाडौँ : सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशबारे तत्काल सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि अदालतको मानहानिको आरोप लागेको छ।
नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा महानगरपालिकासँग स्वीकृति नै नलिई बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतबाट अल्पकालिन आदेश आएपछि शाहले फेसबुकमा संविधान संशोधन गरेर 'नक्सा पासको अधिकार अदालतलाई दिऔँ' भन्दै लेखेका थिए।
उनको सो प्रतिक्रियाले अदालतको मानहानि गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा अदालतको अवहेलना अन्तर्गत रिट दायर गरेका थिए।
उनको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सात दिनभित्र लिखित जवाफ दिन शाहको नाममा आदेश जारी गरिसकेको छ।
भदौ १३, २०७९ सोमबार २०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।