प्रधानमन्त्री र मन्त्रीहरूले संसद्को निर्वाचनमा पार्टीको प्रचार गर्न नपाउने

काठमाडौँ : निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरूलाई मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनको प्रचारमा हिँड्न रोक लगाएको छ। सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा प्रधानमन्त्री, मन्त्री र स्थानीय तहको जनप्रतिनिधिलाई राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भएर प्रचारप्रसारमा खटिन नपाउने व्यवस्था गरिएको हो।
आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ। आचरणमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ।
सरकारी स्रोत साधन प्रयोग बिना निर्वाचनमा आफैँ उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउनेछन्।
भदौ १३, २०७९ सोमबार २०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।