झिनाे लक्ष्यमा पनि नेपाल केन्यासँग ७ रनले पराजित

काठमाडौं : केन्याविरुद्धको टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल ७ रनले पराजित भएको छ।
नेपालले १ सय १ रनको झिनो लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउँदा पराजित हुन पुगेको हो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित ओभरमै सबै विकेट गुमाएर १ सय १ रन बनाएको थियो।
उसका लागि कोलिन्स लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाउँदा कोलिन्स ओबुयाले २०, सेम नोचेले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिँदा अदिल अन्सारीले दुई तथा साहब आलम र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।
केन्याको जितसँगै पाँच खेलको श्रृंखलामा २–२ को बराबरी भएको छ। अब मंगलबार पौने चार बजे हुने खेलले श्रृंखला विजेताको टुंगो लगाउनेछ।
भदौ १३, २०७९ सोमबार १९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।