विश्वकप ट्रफी नेपालमा, मंगलबार सगरमाथा आधार शिविर लगिने

काठमाडौं : विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ।
साेमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरेर ट्रफी साेमबार नेपाल आइपुगेको र मंगलबार सगरमाथाकाे आधार शिविर कलापत्थर लगिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका व्यवस्थापक सोमरेश सेठ्ठीले जानकारी दिए।
ट्रफी मंगलबार बिहान साढे सात बजे ट्रफिलाई गोक्यो ताल र सगरमाथाको आधार शिविर लगिनेछ भने बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार क्षेत्रमा राखिनेछ।
पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले ट्रफी सगरमाथा आधार शिविरसम्म लैजान लागिएको नेपाल क्रिकेट संघ क्यानका महाप्रबन्धक वृतान्त खनालले बताए।
भदौ १३, २०७९ सोमबार १८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।