चिर्पट प्रहार गरि ससुराकाे हत्या गरेकाे अभियाेगमा युवती पक्राउ

चिर्पट प्रहार गरि ससुराकाे हत्या गरेकाे अभियाेगमा युवती पक्राउ

सिन्धुपाल्चोक : जिल्लामा हेलम्बु गाउँपालिका-१ गोवागाङ बस्ने ८० वर्षीय कामीढिण्डु लामालाई चिर्पट प्रहार गरी हत्या गरेको आराेपमा उनकै बुहारी पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा २३ वर्षीया रिता तामाङ रहेकी छन्। उनलाई प्रहरीले साेमबार बिहान पक्राउ गरेको हाे।

घरायसी विवादमा रिताले चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका कामीढिण्डुको स्थानीय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय, हेलम्बुले जनाएकाे छ।

घटनाबारे अनुसन्धान भइरहेकाे छ।

भदौ १३, २०७९ सोमबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।