रोमानिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गरेको आराेपमा २० वर्षीया युवती पक्राउ

काठमाडाैं : रोमानिया पठाइदिन्छु भनि १७ लाख ठगी गरेको आराेपमा प्रहरीले २० वर्षीया युवती पक्राउ परेकी छन्।
वर्किङ भिसामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख रूपैयाँ लिएकाे आराेपमा प्रहरीले काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने पुनमाया श्रेष्ठलाई पक्राउ गरेकाे हाे।
तीन जना पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहिन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएकाे छ।
भदौ १३, २०७९ सोमबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।