‘दुई वर्ष धेरै लामो समय भयो, ६ महिनामा नेपाली क्रिकेट बेग्लै स्तरमा पुग्छ’

काठमाडौं : नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली क्रिकेट ६ महिनामा धेरै प्रगति गर्ने बताएका छन्।
केन्याविरुद्धको चौथो टी–ट्वान्टीको इनिङ्स ब्रेकमा कुरा गर्दै उनले नेपाली क्रिकेट अबको ६ महिनामा धेरै प्रगति गर्ने बताए।
होस्टले सोधेको दुई वर्षमा नेपाली क्रिकेट कुन अवस्थामा हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘दुई वर्ष धेरै लामो समय भयो, अगामी ६ महिनामा नेपाली क्रिकेटको स्तर बढ्छ।’
मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट टीममा अहिले युवा खेलाडीहरू रहेको भन्दै उनीहरूले गरेका गल्ती नदोहोर्याउन आफूले भनिरहेको बताए। खेलाडीहरूमा दिनप्रतिदिन आफूले सुधार देखिरहेको उनले बताए।
भदौ १३, २०७९ सोमबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।