चौथो टी–ट्वान्टी क्रिकेट : केन्याले नेपाललाई दियो १ सय २ रनको लक्ष्य

काठमाडौं : पाँच खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखलाको चौथो खेलमा केन्याले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ।
सोमबार जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली केन्याले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनायो।
नेपालको बलिङसामू केन्या निरीह बन्यो। उसका तीन खेलाडीले मात्र दुई अंकमा रन जोड्न सके। कोलिन्स लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाउँदा कोलिन्स ओबुयाले २०, सेम नोचेले १३ रन बनाए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिँदा अदिल अन्सारीले दुई तथा साहब आलम र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।
पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले अगाडि छ। आजको खेल जिते उसले एक खेलअगावै सिरिज जित्नेछ।
भदौ १३, २०७९ सोमबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।