बुवाकाे हत्या आराेपमा २७ वर्षीय युवक पक्राउ

बुवाकाे हत्या आराेपमा २७ वर्षीय युवक पक्राउ

बुटवल : रुपन्देहीको देवदहमा बुवाकाे हत्या आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ।

५१ वर्षीय बुवा प्रेमप्रसाद पुनकाे हत्या आराेपमा प्रहरीले देवदह नगरपालिका–१० का २७ वर्षीय दिपक पुनलाई पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बुटवलका अनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेमप्रसादको घटनास्थलमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ १३, २०७९ सोमबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।