शेयर बजारमा सामान्य सुधार, टेलिकमकाे मात्र ११ करोडको कारोबार

शेयर बजारमा सामान्य सुधार, टेलिकमकाे मात्र ११ करोडको कारोबार

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ।

सोमबार नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा पुग्दा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक १.७७ अंकले बढेर ३८७.४६ विन्दुमा पुग्यो।

बजार सामान्य बढ्दा पनि कारोबार रकम भने बढ्न सकेन । आइतबार २ अर्बको कारोबार भएकोमा सोमबार भने १ अर्ब २६ करोडको मात्र कारोबार भएको छ।

उपसूचकहरूमा पनि सामान्य सुधार आएका छन् । सबैभन्दा बढी सहकारी समूह १.८९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढेको छ। म्युचल फण्ड १.१२ प्रतिशतले घट्दा लघुवित्त, लगानी र बैंक समूह सामान्य घटेका छन्।

व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र अन्य समूह सामान्य रूपमा बढेका छन्। यसदिन नेपाल टेलिकममा लगानीकर्ताले सबैभन्दा बढी लगानी गरेका छन्। कम्पनीको कारोबार ११ करोडभन्दा बढी छ।

भदौ १३, २०७९ सोमबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।