एमालेको कार्यक्रम : अड्को पड्को तेलको धुप !

काठमाडौं : ‘अड्को पड्को तेलको धुप’ भन्ने उखान टुक्का त सुन्नुभएकै होला।
साेमबार एमालेले पार्टीको बिट हेर्ने पत्रकारहरूका राखेको कार्यक्रम ठ्याक्कै यो उखानभन्दा अलग भएन।
प्रचार तथा प्रकाशन विभागले राखेको ‘पत्रकारसँग अन्तरसम्वाद’ नामक कार्यक्रमका प्रमुख वक्ता केपी शर्मा ओली उपस्थित नभएपछि महासचिव शंकर पोखरेलले काम चलाउनपर्य
प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यव्यस्तता र प्राविधिक कारणले ओली उपस्थित हुन नसकेको जनाए पनि कारण भने अर्कै थियो। आइतबार अबेरसम्म चुनावी रणनीतिको बैठकमा रहेकाले ओलीलाई निन्द्रा र आराम चाहिएको थियो।
आइतबार रातिबाट सोमबार बिहान ३ बजेसम्म निर्वाचन तयारी समितिको बैठक बसेका थियाे। बैठक महासचिव पोखरेल पनि सहभागी थिए। तर उनी भने पत्रकार सम्मेलनमा आए।
भदौ १३, २०७९ सोमबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।