मुए थाईमा १४ वर्षकी प्राप्तिले पाइन् २ पदक

काठमाडौँ : १४ वर्षीया प्राप्ति बतासले मलेसियामा भएको आइएफएमए विश्व युवा खेलकुद २०२२ मा २ पदक जितेकी छिन्। अन्तर्राष्ट्रिय ओलम्पिक समिति र थाई खेलकुद परिषद्बाट मान्यता प्राप्त मुए थाईमा उनले २ पदक जितेकी हुन्।
आएएफएमए लाई मुए थाईका लागि ओलम्पिक मानिन्छ। सो प्रतियोगितामा एक सयभन्दा बढी देशका एक हजार बढी खेलाडी सहभागी थिए। एक हप्तासम्म चलेको प्रतियोगितामा नेपालबाट एक मात्र सहभागी भएको थियो। यो नेपालको पहिलो सहभागिता पनि हो।
नेपालले मलेसिया, टर्की, रुस र चीनसँग प्रतिस्पर्धा गरेको थियो। प्राप्तिले आइएफएमए ग्रान्ड स्लाम (१२-१५ वर्ष) ५१ केजी मुनि रजत पदक जितेकी थिइन्। उनले (१४-१५ वर्ष) ५१ केजी समूहमा कांस्य पदक पनि जितेकी थिइन्। प्राप्तिले जिमखाना मुए थाईमा १६ महिना मात्रै तालिम लिए पनि २ पदक जित्नु ठुलो सफलता हो। उनी नेपालमा हालको यूथ-१६ राष्ट्रिय मुए थाई च्याम्पियन पनि हुन्।
हाल कक्षा ९ मा अध्ययनरत उनी आफ्नो प्रशिक्षण जारी राख्ने र आगामी नोभेम्बर २३ देखि २७ सम्म टर्कीमा हुने अन्टाल्या कपमा नेपालको प्रतिनिधित्व गर्न चाहन्छिन्।
भदौ १३, २०७९ सोमबार १२:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।