त्रिविमा नेविसंघको अराजकताबारे संसद्मा बहस, सभामुखको रुलिङ

त्रिविमा नेविसंघको अराजकताबारे संसद्मा बहस, सभामुखको रुलिङ

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयमा जारी आन्दोलन संसद्मा प्रवेश पाएको छ। सत्ताधारी दल नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ आन्दोलनमा छ। विश्वविद्यालयका उपकुलपति सहितले आइतबार पत्रकार सम्मेलन गरेपछि यो विषयलाई प्रमुख प्रतिपक्षी दल एमालेले संसद्मा प्रवेश गराएको हो।

विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नरहेको र होटेलमा बैठक राख्दा पनि माइन्युट च्यातिएको भन्दै एमालेले प्रधानमन्त्रीको भूमिकामाथि नै प्रश्न उठायो।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता निकट विद्यार्थी सङ्गठनले नै विश्वविद्यालयमा ताला लगाएर बैठक बस्ने अवस्था समेत नभएको भन्दै सरकारको भूमिकामाथि नै प्रश्न उठाए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा अनि गृहमन्त्री बालकृष्ण खाँणले कुनै समय नेतृत्व गरेको सङ्गठन भएको भन्दै विश्वविद्यालय अध्ययन गर्दा उनीहरूले पनि पञ्चायती गुन्डाको आक्रमणमा परेका होलान् भन्ने प्रश्न गरे' अब उहाँहरूले त्यही अवतारमा आफ्नो विद्यार्थी सङ्गठनलाई लैजान खोज्नु भएको हो?’

विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बसेको भन्दै उनले आपत्ति जनाए। यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न समेत माग गरेका थिए। उनले नभए संसद् अगाडि बढ्न नसक्ने भनेपछि एमाले सांसदहरू संसद्मा उठेका थिए। त्यसपछि सभामुखले रुलिङ गरेका थिए।

भदौ १३, २०७९ सोमबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।