पनौतीमा सडकको भित्तमा ठोकिएर मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं: काभ्रेको पनौती नगरपालिका- ७ बसपार्कमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो।
पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा६०प ५२४३ नम्बरको मोटरसाइकल गए राति पौने १२ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौती काभ्रेपलाञ्चोकले जनाएको छ।
भदौ १३, २०७९ सोमबार ०९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।