नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुने

नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुने
राष्ट्रिय सभा फाइल तस्बिर

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि आज विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुँदैछ। हिजो गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा राष्ट्रिय सभाले नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो।

समितिको बैठक आज मध्यान्ह १२ बजे बस्दैछ। बैठकमा विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ।

समितिको बैठकमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई समेत आमन्त्रण गरिएको छ।

विवादास्पद बनेको नागरिकता विधेयक प्रतिनिधि सभाले दोस्रो पटक समेत हुबहु पारित गरी राष्ट्रिय सभामा पठाएको थियो।

भदौ १३, २०७९ सोमबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।