आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।

यतिबेला देशैभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भदौ १३, २०७९ सोमबार ०७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।