एसिया कप : भारतद्वारा पाकिस्तान पाँच विकेटले पराजित

काठमाडौं : एसिया कप अन्तर्गत समूह चरणको खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको छ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा विकेट पाँच विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
भारतका लागि रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५–३५, सूर्यकुमार यादवले १८, रोहित शर्माले १२ रन बनाउँदा केएल राहुल पहिलो बलमै आउट भए। हार्दिक पाण्ड्या ३३ रन र दिनेश कार्तिक १ रनमा अविजित रहे।
बलिङतर्फ मोहम्मद नवाजले तीन तथा नसिम शाहले दुई विकेट लिए।
त्यसअघि, युएईको दुबई क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।
उसका लागि मोहम्मद रिजवानले ४३, इफ्तिखर अहमलले २८, शहनावाज दहानीले १६, हरिस रौफले १३ तथा साहब खान, बाबर आजम र फकर जमानले समान १०–१० रन बनाए।
बलिङतर्फ भुवनेश्वर कुमारले चार, हार्दिक पाण्डेयले तीन तथा अर्सदीप सिंहले दुई र आवेश खानले एक विकेट लिए।
जितसँगै समूह ‘ए’ को अंकतालिकामा भारत शीर्षस्थानमा छ। पाकिस्तान दोस्रो स्थानमा रहँदा एक खेल पनि नेखेलेको हङकङ तेस्रो स्थानमा छ।
एसिया कप अन्तर्गत सोमबार समूह ‘बी’ अन्तर्गको अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
भदौ १३, २०७९ सोमबार ००:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।