एसिया कप : पाकिस्तानद्वारा भारतलाई १ सय ४८ रनको लक्ष्य प्रस्तुत

एसिया कप : पाकिस्तानद्वारा भारतलाई १ सय ४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत भएको खेलमा पाकिस्तानमा भारतलाई १ सय ४८ रनको लक्ष्य दिएको छ।

युएईको दुबई क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ४७ रन बनायो।

उसका लागि मोहम्मद रिजवानले ४३, इफ्तिखर अहमलले २८, शहनावाज दहानीले १६, हरिस रौफले १३ तथा साहब खान, बाबर आजम र फकर जमानले समान १०–१० रन बनाए।

बलिङतर्फ भुवनेश्वर कुमारले चार, हार्दिक पाण्डेयले तीन तथा अर्सदीप सिंहले दुई र आवेश खानले एक विकेट लिए।

भारतले अहिले जवाफी ब्याटिङ गर्दैछ।

भदौ १२, २०७९ आइतबार २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।