टुंगियो १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली, छानिए २४ खेलाडी

काठमाडौं : १७ वर्षमुनिका राष्ट्रिय फुटबल टोलीको अन्तिम टुंगो लागेको छ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार १७ वर्षमुनिको टोलीका लागि २४ खेलाडी छनोट गरेका हुन्।
श्रेष्ठले गोलकिपरमा कृष्ण मोक्तान, समिर चन्द र रुबिन बोगटीलाई छनोट गर्दा मिडफिल्डरमा प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट र लच्छु थापा चयन भएका छन्।
यस्तै, फरवार्डका लागि निरज कार्की, धन सिंह विश्वकर्मा, विनोद केसी, समिर तामाङ, सिजल राई र सुवास बम छानिँदा डिफेन्डरमा अश्विन घोरासैनी, सेमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की र धिरज विश्वकर्मा छनोट भएका छन्।
टोलीले सेप्टेम्बरमा हुने साफ यु–१७ च्याम्पियनसिप र २०२३ मा हुने एयिएन कपको छनोटमा माग लिनेछन्।
भदौ १२, २०७९ आइतबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।