केन्याविरुद्धकाे तेस्रो टी–२० मा नेपाल चार विकेटले विजयी

काठमाडौं : केन्याविरुद्धको तेस्रो टी–२० क्रिकेटमा नेपालले चार विकेटको जित निकालेको छ।
केन्यास्थित जिमखाना क्लब मैदानमा १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा छ विकेटमा गुमाएर लक्ष्य भेट्टायो।
नेपालको जितमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। यस्तै अर्जुन साउद ३५, रोहित पौडेल २९, पवन सर्राफ २०, अदिल अन्सारी १६ र दिपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा आरिफ शेख ४ र करण केसीले एक बल पनि सामना नगरी अविजित रहे।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित ओभरमा २ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो।
उसका लागि राकेप पटेलले सर्वाधिक ७३ रन बनाएर नटआउट रहे। यस्तै इरफान करिम पनि ५५ रनमा अविजित रहँदा कोलिन्स ओबुयाले १४ र सुखिप सिंहले ८ रन बनाए।
बलिङतर्फ सोमपाल कामी र अदिल अन्सारीले समान एक–एक विकेट लिए।
जितसँगैन नेपालले पाँच खेलको टी–२० श्रृंखलामा २–१ को अग्रता बनाएको छ। केन्याविरुद्धको अर्को टी–२० खेल सोमबार हुनेछ।
खेलको म्यान अफ द म्याच पूर्वकप्ता ज्ञानेन्द्र मल्ल भए।
भदौ १२, २०७९ आइतबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।